नियम १०
वन्यजन्तुको शिकार गर्न वा पंक्षीहरुको गुँड हटाउन वा बिगार्न नहुने

१०. वन्यजन्तुको शिकार गर्न वा पंक्षीहरुको गुँड हटाउन वा बिगार्न नहुने ः

(१) निकुञ्जको हितको लागि उपयुक्त हुने काम गर्न वा वैज्ञानिक अनुसन्धानको निमित्त नमूना सङ्कलन गर्न अनुमति प्राप्त गरेकोमा बाहेक अन्य अवस्थामा कुनै पनि व्यक्तिले निकुञ्जभित्र कुनै पनि वन्यजन्तुलाई मार्न, पक्रन, लखेट्न, तर्साउन वा चोटपटक पु¥याउन वा सो को उद्योग गर्न वा कुनै पनि पंक्षीहरुको फुल वा गुँड हटाउन, भत्काउन, बिगार्न वा खलबल्याउन हुँदैन ।